संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि बनेको गठबन्धन सजिलै टुट्न दिँदैनाैं : प्रचण्ड
फाइल फाेटाे

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै टुट्न नदिने बताएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान 'जनयुद्ध'का प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् ।

उनले भने, ‘याे गठबन्धन संविधान, लाेकतन्त्र र राष्ट्रियताकाे रक्षाका लागि कसम खाएर बनेकाे हाे । सजिलै टुट्न दिँदैनाैं ।’ 

उनले आफूहरू सत्ता गठबन्धन र अमेरिकी सहयाेग परियाेजना (एमसिसी) दुवै जाेगाउने बाटाेकाे खाेजीमा रहेकाे पनि स्पष्ट पारे ।

‘एमसिसीको समस्या पनि समाधान होस् र सत्ता गठबन्धन पनि नटुटोस् । हामी त्यस्तो विकल्पकाे खोजीमा छौँ’, उनले भने ।

अध्यक्ष प्रचण्डले युद्ध अझै जारी रहेकाे पनि बताए ।



उनले भने, ‘हिंसामा छैनौं, बन्दुक लिएर हिँडेका छैनौं, तर युद्ध जारी छ । युद्ध रोकिएको छैन ।’

एमसिसीकै कारण सत्तारूढ दलहरूबीच मतभेद बढेको छ ।



सत्तारूढ पाँच दलमध्ये नेपाली कांग्रेस हालकै अवस्थामा एमसिसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तारूढ अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने पक्षमा छन् । 

भट्टराईको पार्टी जनता समाजवादी पनि एमसिसीलाई लिएर विभाजित छ । भट्टराई पक्षधर नेताहरू एमसिसी हालकै अवस्थामा अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरू संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् । 

  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार ११:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया