ए डिभिजन लिग : एनआरटी सात खेलमा पराजित

काठमाडाैं– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) लगातार सात खेलमा पराजय भएकाे छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एनआरटी सरस्वती युथ क्लबसँग १–० गोलले पराजित भएको हो । पहिलो खेलमा आर्मीविरुद्ध २–२ गोलको बराबरी खेलेको एनआरटीले त्यसयताका सबै खेलमा पराजय भोगेको छ ।

सरस्वती युथ क्लबको जितमा भिक्टो अमोबले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सरस्वतीले दोस्रो हाफ पेनाल्टीबाट गोल गर्दै अग्रता जित हात पारेको हो । खेलको ७३ औं मिनेटमा भिक्टोरले पेनाल्टीबाट गोल गरे ।

जितसँगै सरस्वती क्लबले आठ खेलबाट तीन खेलमा जित र पाँच खेलमा पराजित हुदै ९ अंक बनाएको छ । एनआरटीले भने आठ खेलमध्ये सात खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै एक अंक मात्रै बनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १३:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया