ए डिभिजन लिग: मनाङलाई बराबरीमा राेक्दै आर्मी दोस्रो स्थानमा

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले १-१ गाेलकाे बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक गाेलले पछि परेकाे अवस्थालाई उल्टाउँदै  आर्मीले मनाङबाट अंक खाेसेकाे हाे ।

खेलकाे ४५ औं  मिनेटमा कप्तान अञ्जन विष्टले गाेल गर्दै मनाङलाई अग्रता  दिलाएका थिए ।

७६ औं मिनेटमा सन्तोष तामाङलेको फ्रिकिकमा मनाङका डिफेन्डर फ्रयान्कलिन टाला र गाेलरक्षक अशोक बराल ठोक्किदा उनीहरुलाई लागेर बल आत्मघाती गोल भएपछि आर्मीले खेललाई बराबरीमा ल्याएकाे थियाे ।

याे नतिजासँगै १३ खेलमा २३ अंक जाेडेकाे आर्मी  दोस्रो  तथा समान खेलबाट २१ अंकका साथ मनाङले पाँचाै स्थानमा रहेर लिगकाे अन्त्य गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएकाे खेलमा न्युराेड टिम (एनआरटी ) ले नेपाल पुलिस क्लबमाथि ३-१ काे सहज जित हात पारेकाे छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १५:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया