प्रचण्डको दाबी : गठबन्धन टुट्दैन, एमसिसी सहमतिबाटै अघि बढ्छ

सत्तारुढ गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दाबी गरेका छन् ।

सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए । 

शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसिसीबारे सहमतिकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रियासमेत दिए । 

अध्यक्ष प्रचण्डले भने, ‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढ्छ ।’

उनले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको बताउँदै आएका छन् ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १७:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया