त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम तीव्र

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुधारको काम तीव्र बनाएको छ। विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पेटिङ भइरहेको छ । विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

विमानस्थल कार्यालयका अनुसार झन्डै ९० लाख रुपैयाँ लागतमा कार्पेटिङ गरिएको हो । विमानस्थलमा यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रयस्तरको नयाँ सुरक्षा जाँच केन्द्र स्थापना गरिएको छ । त्यसका लागि विमानस्थलको आन्तरिक टर्मिनलको गेटबाट भित्रने स्थानमा सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको छ । 

छन् । अहिलेसम्म प्रहरीले हातले जाँच गर्दै आएकोमा अब पास रिडर, लगेज एक्सरे र वाक थ्रो एक्सरेलगायत विश्वसनीय प्रविधिको प्रयोग सुरु भएको छ । विमानस्थलमा पार्किङ व्यवस्थापनसहित भित्री भाग सजाउने काम पनि गरिनेछ ।

अहिले विमानस्थललाई सिंगारेर झकिझकाउ बनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १६:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया