श्रीलंकाविरुद्धको टी-२० सिरिज भारतले जित्यो

श्रीलंकासँगको टी–२० श्रृंखला भारतले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । गएराति सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै घरेलु टोली भारतले एक खेल अगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । 

सिरिजको दोस्रो खेलमा श्रीलंकाले दिएको १ सय ८४ रनको भारतले १७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि श्रेयस अय्यरले उत्कृष्ट पारी खेले । ४४ बलको सामना गरेको उनले ६ चौका र ४ छक्काको मद्दतमा अविजित ७४ रन बनाए ।

रवीन्द्र जडेजाले पनि शानदार पारी खेले । उनले १८ बलमा सात चौका र एक छक्काको मद्दतमा नटआउट ४४ रन बनाए । सञ्जु सामसन ३९, इशान किशन १६ र कप्तान रोहित शर्मा एक रनमा आउट भए ।

श्रीलंकाका लाहिरु कुमाराले दुई र दुष्मन्था चामेराले एक विकेट हात पारे । त्यसअघि हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएशनको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो ।

उसका लागि ओपनर पथुम निशंका र कप्तान दासुन शनाकाले उत्कृष्ट पारी खेले । निशंकाले ५३ बलमा ११ चौकासहित ७५ रन बनाए ।  कप्तान शानकाले १९ बलमा पाँच छक्का र दुई चौकासहित अविजित ४७ रनको योगदान दिए । 

धनुष्का गुणतिलका ३८, दिनेश चन्डिमल ९, चरिथा अशलंका दुई र कमिल मिश्रा एक रनमा आउट भए । ​बलिङमा रवीन्द्र जडेजा, जसप्रित बुमराह, युजवेन्द्र चहल, हर्षल पटेल र भुवनेश्वर कुमारले एक/एक विकेट लिए । भारत र श्रीलंकाबीचको तेस्रो खेल आज हुनेछ । 





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ६:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया