यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
फरकधार / १५ फागुन, २०७८

नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा बिक्री दर १२० रुपैयाँ ७७ पैसा कायम गरेको छ । 



युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ३६ पैसा र बिक्री दर १३५ रुपैयाँ तीन पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६० रुपैयाँ ७८ पैसा र बिक्री दर १६१ रुपैयाँ ५८ पैसा छ ।  स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ७५ पैसा र बिक्री दर १३० रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ  ९६ पैसा  छ ।  क्यानडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ । 



जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा  छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ तीन पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 



साउदी अरबियन रियाल  एकको खरिद दर दर ३२ रुपैँया तीन  पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा  छ भने कतारी रियाल एकको खरिद दर दर ३२ रुपैयाँ ८१  पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।
 

  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ११:४:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया