पुँजीबजारमा भएको हलचलप्रति राप्रपाकाे गम्भीर ध्यानाकर्षण
सरकारको गलत नीतिका कारण सर्वसाधारणको ठूलो लगानी जोखिममा पर्न सक्ने खतरा

काठमाडौं– राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा) ले केही समययता पुँजीबजारमा भएको हलचलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टीले सेयर लगानीकर्ताको जारी दबाब र अनशनप्रति ऐक्यबद्धतासमेत जाहेर गरेको छ । 

सरकारको गलत नीतिका कारण पुँजीबजारमा हलचल आएको र यसले सर्वसाधारणको ठूलो लगानी जोखिममा पर्न सक्ने खतरा देखिएको भन्दै राप्रपाले चिन्ता व्यक्त गरेको छ । 

बिहीबार प्रेस नोट जारी गर्दै पार्टीले आफ्नो लगानी सुरक्षित राख्न सेयर लगानीकर्ताहरु संगठित भई दबाब दिनुपर्ने र अनशनसमेत बस्नुपर्ने अवस्थाको सिर्जना हुनु अर्थतन्त्रको शुभ सूचक नभएको उल्लेख गरेको छ । 

पुँजीबजारको अवस्थालाई सामान्य पार्दै सर्वसाधारण र सेयर लगानीकर्ताको हित र अधिकारप्रति समयमै गम्भीर बन्न तथा समस्याको समाधानका लागि आवश्यक पहलकदमी लिन उसले सरकारसँग माग गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १७:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया