अनिश्चितकालका लागि स्थगित भयाे बागमती प्रदेशसभाकाे बैठक

६८ दिनपछि बस्ने निर्णय भएको बागमती प्रदेशसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगन भएको छ । 

भोलि फागुन १६ गते सोमबारका लागि तय गरिएको बैठक विशेष कारणले स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसैगरी, आज आइतबार दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको उनले बताए । 

‘बैठक विषेश कारणले रोकिएको हो । अब कहिले बैठक बस्ने भन्ने निश्चित भएको छैन’, सचिव खड्काले भने ।
 
प्रदेश सभा सचिवालय सचिव खड्काको अनुसार के कारणले बैठक रोकियो भन्ने विषय तत्काल नखुलाउने देखिएको छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ११:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया