पल शाह प्रहरीकहाँ आज आफैं जाने

नाबालिग किशोरीमाथि करणी गरेको आरोप लागेका अभिनेता पल शाह आफैं प्रहरीकहाँ जाने भएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै यो जानकारी दिएका छन् । 

गत बुधबार शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी परेको थियो । 

त्यसपछि प्रहरीले उनलाई खोज्दै आएको छ । तर, उनी अहिलेसम्म फरार छन् । सामाजिक सन्जाल फेसबुकमा आफ्नो स्वास्थ्य बिग्रिएको र घरेलु व्यवहार मिलाउन परेकाले आफू केही दिन हराएको उनले बताएका छन् ।

उनले शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको उनको फिल्म म यस्तो गीत गाउँछु २ लाई असर नपरोस् भनेर आफू नै प्रहरीसामु उपस्थित हुने निर्णयमा पुगेको बताएका छन् ।

उनी आजै प्रहरीकहाँ आत्मसमर्पण गर्न जाने पनि बताएका छन् । यसअघि उनी बिहीबार नै आत्मसमर्पण गर्ने कुरा उनीनिकटले बताएका थिए । तर, स्वास्थ्यमा समस्या आएपछि उनी प्रहरीकहाँ पुग्न सकेका थिएनन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ११:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया