नेपाल र म्यान्मार प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं– प्रेस काउन्सिल नेपाल र म्यान्मार प्रेस काउन्सिलबीच सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले बिहीबार सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । 

समझदारी पत्रमा दुई काउन्सिलबीच पत्रकारितासम्बन्धी सूचना, अनुभव र आदानप्रदान गर्ने, स्तरीय मिडिया शिक्षा र तालिमको माध्यमबाट मिडिया व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, नैतिक पत्रकारितालाई प्रवर्द्धन गर्नेलगायत विषय समावेश गरिएको छ । 

‘समाचार स‌ंकलनसम्बन्धी गोष्ठी, कार्यशाला, आयोजना गर्ने तथा पत्रकारका अनुभव आदानप्रदान गरिनेछ,’ समझदारीपत्रमा भनिएको छ । 

नेपाल भ्रमणमा आएको म्यान्मार र श्रीलंकाका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई प्रेस काउन्सिल नेपालले बुधबार स्वागत गरेको थियो । लुम्बिनी, पोखरा, चितवन, पाल्पा र काठमाडौंलगायतको भ्रमण गर्ने उद्देश्यसहित श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेसहित चार र म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष केइङसहित पाँचजनाको टोली काठमाडौं आएको थियो । 

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठले काउन्सिलले पत्रकार आचारसंहिता जारी गरेर कार्यान्वयन गर्ने, पत्रपत्रिका वर्गीकरण गर्नेलगायतका काउन्सिलको गतिविधिबारे जानकारी दिए । श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष कोग्गाला बेल्लालागे र म्यान्माका अध्यक्ष ९१ वर्षीय ओहन केइङले भ्रमणले नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण हुने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १७:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया