पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण

अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन् । एसपी राजेन्द्रबाबु रेग्मीका अनुसार उनले आज मध्यान्ह आत्मसमर्पण गरेका हुन् । 

पलविरुद्ध गत बुधबार नाबालिगलाई बलात्कार गरेको जाहेरी परेको थियो । उनले आज बिहान पारिवारिक, आफू अस्वस्थ हुँदा समयमै प्रहरीकहाँ उपस्थित हुन नसकेको जनाएका थिए ।  

१७ वर्षीया किशोरीलाई प्रेमको बहानामा बलात्कार गरेको भन्दै पीडितका बुबाले पलविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । पलले भने योजनाबद्ध रूपमा आफूलाई फसाइएको बताउँदै आएका छन् ।  






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १२:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया