चार महिनामै वार्षिक लक्षभन्दा बढी राजस्व

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ को चार मिहनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । 

नगरपालिकाले चालु आवमा ५ करोड ४ लाख १३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा चार महिनाको अवधिमा ८ करोडभन्दा बढी राजश्व संकलन गरेको हो । नगरपालिकाले मङ्सिरको मध्यसम्म ८ करोड ३४ लाख ९७ हजार ७ सय ७८ रुपैयाँ राजश्व संकलन गरेको उपप्रमुख सविता रसाइलीले जनाइन् । 

उनका अनुसार आन्तरिक उत्पादन करबाट ३ करोड ६७ लाख ५४ हजार ५ सय, ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट २ करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्यांकन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिसलगायतबाट १ करोड २१ लाख संकलन भएको छ । 

स्थानीय तहको निर्वाचनपछिको पहिलो वर्ष लक्ष्यभन्दा कम राजश्व संकलन गरेको नगरपालिकाले चालु आवमा भने लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको रसाइलीले बताइन् । उनी भन्छिन्, ‘गत आवमा हामीलाई कम अनुभव भएका कारण लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेनौँ ।’  

नगरपालिकाले गत आवमा ६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा चार करोड मात्रै संकलन भएको थियो । 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १७:४८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया