अभिनेता पल शाहले आफूविरुद्ध परेको जबरजस्ती करणीको कसुरमा दोषी प्रमाणित भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । तनहुँ जिल्ला प्रहरी कार्यालयमा समर्पण गर्नुअघि एक भिडियो सन्देश जारी गर्दै उनले अदालतले गरेको जस्तोसुकै निर्णय आफू स्विकार गर्ने बताएका हुन् ।
शाहले आफू निर्दोष रहेको पनि दोहोर्याएका छन् । ‘सम्मानित अदालतले जे निर्णय गर्नेछ त्यसमा म खुसी हुनेछु । म यति भन्न चाहन्छु म बेकसुर छु । म निर्दोष छु,’ उनले भनेका छन् ।
पलविरुद्ध गत बुधबार नाबालिगलाई बलात्कार गरेको जाहेरी परेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।