सरकारसमक्ष पलको अनुरोध : मेरो टिमसँग एकपटक फिल्म हेर्ने मन छ, सम्भव भए व्यवस्था गर्दिनुहोला

जबरजस्ती करणीको जाहेरी परेपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले अन्ततः प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । एक किशोरीलाई करणी गरेको आरोपमा ११ फागुनमा जाहेरी परेपछि उनी फरार थिए । 

तर, जाहेरी परेको पाँच दिनपछि भने पल आफैँ जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका छन् । अब उनीमाथिको कारबाही प्रारम्भिक हुनेछ । यसैबीच, प्रहरीसमक्ष उपस्थित हुनुअघि पलले एक भिडियो सन्देश जारी गरेका छन् । 

उनले भिडियोमा सरकारसमक्ष अनुरोध पनि गरेका छन् । उनले योबीचमा एकपटक चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ हेर्न दिन अनुरोध गरेका हुन् । यो चलचित्रमा पल  मुख्य कलाकार छन् । तर, जबरजस्ती करणको जाहेरी परेपछि भने उनले ‘म यस्तो गीत गाउँछु–२’ एक दिन पनि हेर्न पाएनन् । 

‘सरकारलाई मेरो अनुरोध छ, एकचोटि चाहिँ मेरो चलचित्र योबीचमा तपाईँहरू (दर्शक), मेरो टिमसँग बसेर फिल्म हेर्ने मन छ, त्यो सम्भव हुन्छ भने गर्दिनु होला,’ पलले अनुरोध गरेका छन् ।

उनले आफू अदालतको जस्तोसुकै निर्णय पनि स्विकार गर्न  तयार रहेको पनि उल्लेख गरेका छन् । ‘सम्मानित अदालतले जे निर्णय गर्नेछ त्यसमा म खुसी हुनेछु । म यति भन्न चाहन्छु म बेकसुर छु । म निर्दोष छु ।’  






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १३:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया