ताेकिएकाे समयमै मेलम्ची खानेपानी उपत्यकामा आउँछ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंवासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तीब्रता दिइएको दावी समेत गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर  काठमाडौंवासीलाई उपलब्ध गराउन राष्ट्रको नाममै सम्बोधन गरेको स्मरण गराउँदै सो खानेपानीको व्यवस्थापनमा ढिलाइ नहुने दोहोर्‍याए ।

उनले भने, ‘काठमाडौंवासीले खानेपानीको कुरा उठाइराखेका छन् । र, भर्खरै हाम्रो नेपाल सरकारले पनि घोषणा गरिसकेको छ । हाम्रा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रको नाममा सम्बोधन गरिसक्नु भएको छ । र, कृष्णप्रसाद भट्टराईको सपनालाई पूरा गर्ने सरकारको विषय भएको हुनाले मेलम्ची खानेपानी हामी समयअवधि भित्रै उपत्यकावासीलाई खुवाउँछौ भनेर तदारूपताका साथ काम अगाडि बढिराखेको छ । र, त्यसलाई पूरा गर्न हामी प्रतिवद्ध छौं भन्ने म आज विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री चौंधरीले खानेपानी महशुल निर्धारण आयोग केही दिन भित्रै गठन गर्ने घोषणा समेत गरे। केही वर्षदेखि सो आयोग रिक्त रहेको उल्लेख गर्दै उनले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाइसकेकाे बताए ।



उनले ‘एक घर, एक धारा’ कार्यक्रमको सेवा विस्तार गर्न पनि सम्बन्धित निकायलाई सचेत पनि गराए । हाल सो सेवा देशका विभिन्न २३ वटा सहरहरूमा संचालनमा आएको छ ।



  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १४:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया