सयभन्दा माथिका भारतीय नोट नेपालमा नचल्ने

काठमाडौं– नेपाल सरकारले २ सय, ५ सय र २ हजारका भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मंसिर २४ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

२ सय, ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा गैरकानुनी हुने भएकाले ती नोट साथमा नराख्न सरकारले आग्रह गरेको छ । 

भारतले सन् २०१५ मा १ हजार ५ सय दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि त्यसको असर परेको थियो ।

आगामी दिनमा यस्तो असर नपरोस् भनेर सरकराले सयभन्दा माथिका भारतीय नोट नचलाउने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १९:३९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया