ज्ञानेन्द्रलाई ट्विस्टरको प्रायोजन

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट किट्स निर्माता कम्पनी ट्विस्टरले प्रायोजन गरेको छ । 

मल्ललाई ट्विस्टरले दुई वर्षका लागि १० लाख भारतीय रुपैँया बराबरको प्रायोजन गरेको हो । मल्ल र ट्विस्टरको तर्फबाट केयुर देसाईले आज सम्झौतापत्रमा हस्ताक्षर गरे ।

मल्लले गत शनिबारदेखि एभरेस्ट प्रिमिएर लिगको खेलमा ट्विस्टरको ब्याट प्रयोग गर्न थालेका छन् । 

यसअघि भारतको यू–१९ तथा प्रथम श्रेणीका खेलाडीलाई प्रायोजन गरेको ट्विस्टरले पहिलोपटक अन्तर्राष्ट्रिय खेलाडीका रुपमा मल्ललाई प्रायोजन गरेको हो ।

सम्झौताअनुसार, अब मल्लले खेल्ने सबै खेलमा ट्विस्टरले उत्पादन गरेको ब्याट प्रयोग गर्नेछन् । 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार २०:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया