काठमाडाैं उपत्यकामा थप ३६ जना काेराेना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ३६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडौंमा ३०, भक्तपुरमा ३ र ललितपुरमा ३ जना रहेका छन् ।

उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ७६७ रहेकाे छ ।

पछिल्लाे २४ घन्टामा देशभर १११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
 





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १७:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया