गगनको प्रश्न - नेपालको संविधानभन्दा माथि कोही हुन्छ ? हावादारी गफ गर्ने ?

नेपाली कांग्रेसका सांसद गगन थापाले एमसिसी सम्झौतालाई राष्ट्रघाती भन्दै गर्दा आफैंतिर औँला फर्काउनुपर्ने बताएका छन । उनले माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले ‘राष्ट्रघाती’ सम्झौता भनेकोमा आपत्ति जनाए । 

एमसिसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले भने,‘म नाम लिन चाहन्न थें तर नाम लिनुपर्छ । माननीय गिरिराजमणि पोखरेलले यहाँ उभिएर यो सम्झौता राष्ट्रघाती भन्नुभयो । तर २०७४ साल साउन १९ गतेको क्याबिनेटको उपस्थिति पल्टाएर हेरौं, त्यतिबेला माननीय पोखरेल सोही क्याबिनेटको मन्त्री हुनुहुन्थ्यो ।’

आफैंतिर औँला फर्काउनुपर्ने भन्दै थापाले भने, ‘आज राष्ट्रघाती भन्दै गर्दा आज औँला आफैंतिर फर्काउनुपर्छ । धेरै झुट नबोलौँ । हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भनिदिएका छौं । हावादारी गफ गर्ने ? नेपालको संविधानभन्दा माथि केही हुन्छ ?’

उनले भनेका छन, ‘अनि नेपालको कानुनसँग सन्धीमा भएको कुरा बाझियो भने त्यही सन्धी लागु हुन्छ भन्ने कुरा यही संसदबाट कतिवटा पारित गरिसकेका छौं ।’





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १७:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया