सहिद स्मारक ‘ए’ डिभिजन लिग
जावलाखेलले एपिएफलाई उसकै मैदानमा हरायो

काठमाडौ‌ं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई हराएको छ । 

हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपिएफलाई १–० गोलअन्तरले हरायो ।

जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

‘म्यान अफ द म्याच’ बनेका जावलाखेलका राकेश हमालले १० हजार नगद हात पारे ।

जितसँगै जावलाखेल ७ अंंकसहित १०औँ स्थानमा उक्लिएको छ । १० अंक जोडेको एपिएफ आठौँ स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार २०:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया