जिप दुर्घटनामा ३ जनाको मृत्यु
फाइल तस्बिर

पाल्पा- जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप बिहीबार आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

बिहीबार साँझ करिब ८ बजे भएको उक्त दुर्घटनामा चालक वर्ष २० का वीरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ बर्षकी तीन दिनकी सुत्केरी भूमिकुमारी दर्लामी रहेका छन् । मृतक सबै माथागढी–८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल जनाएको छ । 

जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको घट्नास्थलमा रहेका पुर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य केही यात्रु भीरमा अड्केको हुन सक्ने भन्दै प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेका छन् । 

 





  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार ७:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया