एमालेले नाराबाजी गरे पनि एमसिसीको विरोध गरेको छैन, यसलाई आमसहमति मान्नुपर्छ : मीनेन्द्र रिजाल

 कांग्रेसका नेता तथा सांसद डा. मीनेन्द्र रिजालले आमनागरिकमा एमसिसीबारे रहेको भ्रमलाई व्याख्यात्मक घोषणाले हटाएको प्रस्ट पारे ।एमसिसी सम्झौताबारेको व्याख्यात्मक घोषणापछि संसदबाट अनुमोदन गर्ने सवालमा आमसहमति भएको उनले बताए ।

प्रतिनिधिसभामा एमसिसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै उनले व्याख्यात्मक घोषणामा यो सम्झौता तत्काल लागू हुने भनिएको प्रस्ट पारे ।

एमसिसी तत्काल लागू हुनेमा समस्या नरहेको भन्दै उनले गठबन्धनभित्रको फरक मतलाई हटाएर साझा अवधारणा बनाइदिएको चर्चा गरे । 

उनले संसदभित्रै नाराबाजी गरिरहेका विपक्षी सांसदहरुले समेत एमसिसीको विरोध नगरेको भन्दै एमालेलाई धन्यवाद दिए । 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया