एमसीसी राष्ट्रघाती भए चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाती नभएको दाबी गरेका छन् । 

उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन् ।

'एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु,' उनले भने ।

प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको व्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्रघाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिएका छन् । 

उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन् । एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले बताए ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:३५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया