ला लिगामा बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगामा घरेलु टोली बार्सिलोनाले एथलेटिक्स क्लब बिल्वाओमाथि ४–० को सहज जित हात पारेको छ । आज बिहान क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाको जितमा पियरे इमरिक औबामियाङ, ओस्माने डेम्वेले, लुक डि जोङ र मेम्फिस डिपाएले एक/एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७३ औं मिनेटमा डेम्वेलेले घरेलु टोलीको अग्रता दोब्बर बनाए । ९० औं मिनेटमा डि जोङ र थप गरिएको समयमा डिपाएले गोल गरेपछि बार्सिलोनाले ४–० को सहज जित निकाल्यो ।

यो जितसँगै २५ खेलमा ४५ अंक जोडेको बार्सिलोना चौथो तथा पराजित एथलेटिक्स क्लब २७ खेलबाट ३७ अंकका साथ आठौं स्थानमा यथावत छन् । लिगअन्तर्गत नै भएका अन्य खेलमा भिल्लारियल,सेभिया र रियल सोसिडाड विजयी भएका छन् । 






  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार ७:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया