विप्लवले भने- एमसिसी पारित भयो, आँधीबेहरी ल्याउँछौँ
फाइल फाेटाे

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित भएकोमा आपत्ति जनाएका छन् । 

उनले मिडियामार्फत् यो राष्ट्रघाती कदम भएको बताएका हुन् ।

यसमा दुई नेताको भूमिका प्रमुख भएको पनि उनले बताएका छन् । 

‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुख्य हात छ’, उनले भनेका छन्, ‘उहाँहरूले यो राष्ट्रघाती कदमलाई सघाउन नेपाली कांग्रेसलाई साथ दिनुभयो ।’

उनले यी दुई नेता पनि अब यो राष्ट्रघाती कदममा जोडिएको बताएका छन् । ‘उहाँहरूले कांग्रेसलाई साथ दिएको मात्र होइन’, उनले भनेका छन्, ‘आफूहरू पनि यसमा जोडिनु भएको छ ।’

एमसिसी पारित गर्नु संसदको गलत काम भएको पनि विप्लवले जनाएका छन् । 



‘उहाँहरूको जीवनमा कलंक थपिएको छ’, उनले भनेका छन्, ‘नेपाली जनताले दिएको मत संसदमा दुरुपयोग भएको छ ।’

एमसिसी पारित हुनु गलत काम भएको र यसका कारण अब नेपाली जनतामा नयाँ जिम्मेवारी आएको पनि उनले बताएका छन् । 



‘राष्ट्रघाती काम भएको छ,’ उनले भनेका छन्, ‘अब सबै नेपाली जनतामा जिम्मेवारी आएको छ, एकताबद्ध बनेर यसको विरोध गरेर फेरि संसदमा नै ल्याएर यसलाई विफल बनाउनु पर्छ ।’

उनले यसको विरोधमा आफ्नो पार्टीले कामहरू सुरु गरिसकेको र आफ्नो पार्टीले नयाँ आँधीबेहरी सिर्जना गर्न लागेको पनि बताएका छन् । 

‘हाम्रो पार्टीले कार्यक्रमहरू अगाडि बढाइसकेको छ,’ उनले भनेका छन्, ‘हामी नयाँ आँधीबेहरी सिर्जना गछौँ, गरौँ ।’

 

  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १५:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया