एमसिसीबारेका अन्यौलहरू सकिए, अब निर्वाचनतिर जान्छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका लागि सबै अन्यौलहरू सकिएको भन्दै अब निर्वाचनतिर गइने बताएका छन्। 

एमसिसी पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले नेपालको राजनीतिक प्रक्रियामा धेरै उतारचढाव आएको बताए । 

उनले भने, ‘गठबन्धन बनाउने बेलाको मुख्य मान्यता भनेको संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षा मूलभूत विषयको ध्यान केन्द्रित गरेर नै हामीले गठबन्धन बनाएका थियौं । त्यो गठबन्धनलाई बहुमत सदस्यको हस्ताक्षर सहित राष्ट्रपतिकहाँ पुग्यौं । अदालतमा पनि जान बाध्य भयौं ।’

‘गठबन्धनको सरकार बनेपछि साझा न्यूनतम कार्यक्रम बनायौं । सरकार गठन भयो । कामहरू सुरु भयो । अब निर्वाचन प्रक्रियातिर गठबन्धन सरकारले गर्छ होला भनेको बेला एमसिसी प्रोजेक्टसँग सम्बन्धित भएर प्रचारहरू भए’, एमसिसी सम्झौताका बारेमा विभिन्न प्रचार भएको भन्दै प्रचण्डले भने, ‘संविधान बनेपछि चुनाव होला कि नहोला ? चुनाव भएपछि तराई पहाड हिमाल निर्वाचन प्रक्रियामा सहभागी होला कि नहोला ? लोकतन्त्र र गणतन्त्रमाथि नै घात हुने हो कि भन्ने जटिल परिस्थितिबाट अघि बढ्दै आयौं ।’






  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १५:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया