नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी सम्झौतालाई सकारात्मक ढंगले ल्यान्डिङ गराउन एमसिसीका अध्यक्षलाई पत्र लेखेको स्वीकार गरेका छन् ।
एमसिसी सम्झौता संसदबाट पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले राष्ट्रिय सहमति बनाउने उद्देश्यका साथ पत्र लेखिएको बताए ।
उनले भने, ‘दबाब बढ्दै गएपछि मैले हामी सकारात्मक ढंगले सोच्दैछौं । सबै दलहरूबीच सहकार्य बनाउन परेको छ । अन्ततः हामी यसलाई सकारात्मक ढंगले नै ल्यान्डिङ गर्नुपर्छ भनेर पत्र लेखेँ । त्यो पत्र आएपछि मलाई त भिलेनजत्तिकै सोचियो ।’
प्रचण्डले नेकपाकालीन बेलामा आफूले नै एमसिसी सम्झौता यथास्थितिमा पारित हुन नहुने तर्क राखेकाे पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।