फ्राइडे रिलिज
आज नेपाली हलमा तीनवटा चलचित्र रिलिज

काठमाडैं– आज नेपाली हलमा एकसाथ तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । आज प्रदर्शनमा आएका चलचित्रमा ‘सुश्री सम्पत्ति’, ‘कथा ७२’ र ‘डोली’ हुन् । 

कथा ७२

२०७२ सालमा गएको विनाशकारी भूकम्पको विषयलाई लिएर बनाइएको चलचित्रलाई प्रवीण स्याङ्बोले निर्देशन गरेका हुन् ।

आकाश पौडेल, प्रवीण स्याङ्बो, सुशान्त श्रेष्ठ र रामकृष्णको संयुक्त लगानीमा बनेको चलचित्रमा आकाश मगर, सुप्रिया राना, भुयसल लामा, पाल्मो सञ्जु तामाङ, केदार श्रेष्ठ, शरद अधिकारी, रोमस विस्वडीलगायतका कलाकारको अभिनय छ । 

सुश्री सम्पत्ति 

सुव्रतराज आचार्यको निर्देशन तथा लेखन रहेको सुश्री सम्पत्ति कमेडी फिल्म हो । रौल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र सुश्री सम्पत्तिका निर्माता रमेश त्वयना हुन् । 



सुश्री सम्पत्तिमा सलोन बस्नेत, सारा श्रीपाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, सुनिता श्रेष्ठ ठाकुर, प्रेम वर्षा खड्का, रोशनी कार्की, कमलप्यासी देवकोटा, सन्तोष खनाललगायतका कलाकारको अभिनय छ ।  

डोली 



प्रेमकथामा आधारित चलचित्र ‘डोली’ रामबहादुर सानेद्वारा निर्देशित चलचित्र हो । किरण नेपालीको निर्माणमा बनेको चलचित्रमा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, अर्जुन गुरुङ, दामोदर खतिवडालगायतका कलाकारको अभिनय छ ।
 

  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार १२:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया