प्रचण्डले भने- ...त्यो बिचरा प्रेम सुवाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको विरोध गर्नेबित्तिकै जनता आफूतिर आउँछन् भन्ने सोच्न नपर्ने बताएका छन् । 

एमसिसी सम्झौता संसदबाट पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले यदि विरोध गरेर सबै त्यतै जाने भए पूरा नेपाल प्रेम सुवालतर्फै हुनपर्ने तर्क गरे । 

‘एमसिसीको विरोध गर्नेबित्तिकै सबै जनता एकातिर आउने भएता हाम्रो बिचरा प्रेम सुवाल लगातार मुर्दावादका मुर्दावाद गर्नुभएकाे छ । पूरा नेपाल त्यता जानुपर्ने’, उनले भने ।

उनले महाकाली सन्धिमा वामदेव गौतमले पार्टी फुटाएको प्रसङ्ग झिक्दै भने, ‘अरू छन् नि मुर्दावाद कि मुर्दावाद भन्नेजति त सबै उता लाग्नुपर्ने । त्यस्तो हुँदैन । महाकालीमा बिचरा राष्ट्रघात भयो भनेर वामदेवजी एमालेको आधा केन्द्रीय लिडर लिएर जानुभयो । भोट आउने बेलामा जिरो । एउटा पनि जित्नुभएन ।’

उनले राजनीतिक दलहरू फेरि एक ठाउँमा उभिएको बताए । 

‘राजनीतिक दलहरू फेरि एक ठाउँमा उभिएका छन् । विकास निर्माणका नाममा आएका परियोजनालाई आर्थिक परियोजनाको रूपमा विकासलाई पनि निकास दिएको छ । हाम्रो स्वतन्त्र अडान हिजोबाट स्थापित भएको छ’, उनले भने ।






  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १६:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया