नारायणकाजीले वामदेवको बाटो रोजे रोक्न सकिन्न : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीलाई लिएर नारायणकाजी श्रेष्ठले खेलेको भूमिकाप्रति असन्तुष्टि पोखेका छन् । महाकाली सन्धिपछि नेकपा एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजे आफूले रोक्न नसक्ने समेत उनले बताए ।

पार्टीमा भएको छलफलका क्रममा श्रेष्ठलाई आफ्नो विचार केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न, तर बाहिर नलैजान आग्रह गरेको उनले बताए । श्रेष्ठले आफ्नो असन्तुष्टि सार्वजनिक गरेसँगै प्रचण्डले उनको आलोचना गरेका हुन् । 

नेता श्रेष्ठले भएभरका कार्यकर्ता आफूतिर केन्द्रित हुन्छन् भन्ने ठानेर त्यसो गरेको भन्दै उनले एमसिसीको विरोध गरेकै कारण भोट आउने भए सबै नेमकिपाका सांसद प्रेम सुवालतिर लाग्नुपर्ने बताए । एमसिसीलाई लिएर भावुक नहुन पार्टीका नेताहरुलाई आग्रह गरे । 





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १७:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया