जनमोर्चा गठबन्धनबाट बाहिरिएपछि मुख्यमन्त्री पाेखरेलकाे पद धरापमा

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट अलग हुने घोषणा गरेसँगै गण्डकी प्रदेश सरकार संकटमा पर्ने देखिएको छ। आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट पारित भएपछि सोमबार जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । 

राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग हुने बताए पनि संघीय तथा प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छैन । उसले समर्थन फिर्ता लिएमा गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको छ । 

गण्डकी प्रदेश सरकारमा जनमोर्चाका २ सांसद छन्।जनमोर्चाले  समर्थन फिर्ता लिने निर्णय गरेमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्नेछ। 

हाल प्रदेशमा ५९ जना मात्र प्रदेशसभा सदस्य छन् । विश्वासको मतका लागि ३० सांसदको समर्थन चाहिन्छ । जनमोर्चा बाहिरिएमा सरकारको पक्षमा २९ सांसद बाँकी रहन्छन् । 





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १९:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया