वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा  कफ्युको  आदेश जारी गरिएको छ । बन्दकर्ताहरु उग्र रुपमा सडकमा उत्रिन थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अहिले साँझ ८.१५ देखि भोलि साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शान्तिसुरक्षालाई ध्यानमा राखी कर्फ्यु आदेश जारी गरिएको हो ।  आज बसेको जिल्ला सुरक्षा समितीको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको उनले बताए । 

वीरेन्द्रनगरको धुलियाबिट, बांगेसिमल, वीरेन्द्रनगर वडा नं ७ र वीरेन्द्रनगर ९ को लाटीकोइलीको शिवमन्दिर हुँदै काँक्रेबिहार, देउतीबज्यै र सुब्बाकुना क्षेत्रभित्र आदेश लागू हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आजै बन्दकर्ताले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको पार्टी कार्यालय जलाउने प्रयास गरिएको छ । 

साँझ करिब ७ बजेतिर बन्दकर्ताले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीले बन्दकर्ताले लगाएको आगो निभाएका छन् । 

नेपाली कांग्रेस र नेकपा माओवादीको पार्टी कार्यालयमा भने सामान्य तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार २०:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया