इपिएलः विराटनगरमाथि चितवनको जित

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई ५ रनले पराजित गरेको छ । चार खेलमा पहिलो खेल जितेको चितवन प्लेअफमा जानका लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । 

टस जितेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो । १ सय ९७ रनको लक्ष्यसहित मैदान उत्रिएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९१ रन मात्रै बनाउन सक्यो । 

विराटनगरका लागि बाबर हायातले उत्कृष्ट पारि खेले पनि जित दिलाउन भने सकेनन् । ४२ बलको सामना गरेका उनले ५ चौका र ८ छक्कासहित ९० रन जोडेका थिए । यस्तै, विराटनगरका असिफ शेखले ३ छक्कासहित ३० रन तथा करण केसीले २ छक्कासहित नटआउट २४ रन जोडेका थिए । 

यस्तै, १५ बलको सामना गरेका कप्तान पारस खड्काले २ चौका र १ छक्कासहित १९ रन जोडे भने अनिलकुमार साहले १२ रनको योगदान गरे । 

चितवनलाई जित दिलाउने क्रममा ललित भण्डारीले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका भण्डारीले २४ रन खर्चेर ४ विकेट लिएका थिए । यस्तै, विराटनगरकोे ३ विकेट सागर ढकालले लिए ।

यसअघि चितवनले मध्यम सुरुवात गरेको थियो । छैटौं ओभरमा पहिलो विकेटको रूपमा सन्दीप सुनारलाई गुमाउँदा चितवनको स्कोरबोर्डमा ४४ रन थियो । तीन छक्का हानेका सुनार व्यक्तिगत ३० रन बनाएर आउट भए । यस्तै, १२औं ओभरमा चितवनले दोस्रो विकेटको रूपमा ओपनर पल स्टर्लिङलाई गुमायो । उनी व्यक्तिगत १५ रनमा आउट भएका थिए ।



चितवनका जोन सिम्प्सनले भने उत्कृष्ट पारि खेले । ४४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्कासहित ७८ रन जोडेका थिए । उनलाई करण केसीले आउट गरे । यस्तै, चितवनका दीपेन्द्रसिंह ऐरीले ३२ तथा जर्ज स्कटले नटआउट २४ रन जोडे । 

चितवनको ४ विकेट लिने क्रममा करण केसी, बसन्त रेग्मी, मिकिरिन र कप्तान पारस खड्काले १÷१ विकेट लिए । इपिएलअन्तर्गत आजको अर्को खेल पोखरा राइनोज र काठमाडौं किंग्स ११ को बीचमा हुँदै छ ।
 



  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार १३:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया