कथा आलुको र यो किन महत्वपूर्ण छ ?

सन् १९५७ मा फ्रेन्च दार्शनिक तथा साहित्यिक आलोचक रोलाँ बार्थले चिप्सलाई देशभक्तको संज्ञा दिँदा ठूलो चर्चा भएको थियो । 

एक शताब्दि पहिले आलुमा लागेको एउटा रोगकै कारण आयरल्यान्डमा झन्डै आधा जनसंख्याले ज्यान गुमाएका थिए । अब त चीन, भारत, रुस तथा युक्रेन आलुका प्रमुख उत्पादक भएका छन् ।

आलु नेपाली भान्सामा पनि निकै रुचाइएको छ । तर, आलुसँग यी उत्पादकहरुको चाहिँ जटिल सम्बन्ध छ । तर, यी कुनै पनि देशले आलुलाई आफ्नो देशको उत्पादन हो भनेर गर्व गर्न सक्दैनन् ।

८ हजार वर्ष पहिले दक्षिण अमेरिकाको एन्डिजमा आलुको खेती सुरु गरिएको थियो । 

१५०० वर्ष पहिले मात्र यसलाई युरोप ल्याइएको थियो । अनि त्यहाँबाट नै यो पश्चिम र उत्तर फैलिएको हो, अमेरिका पनि आलु युरोपबाट नै पुगेको हो । 



खाद्य इतिहासकार रेबेका अर्ल भन्छिन्, ‘आलु त अहिले विश्वभर हुन्छ र विश्वका सबै कुनाका मानिसहरु आलु पहिले आफ्नै देशमा भएको हो भन्ने सम्झन्छन् ।’ उनले आलुलाई विश्वको सबैभन्दा सफल प्रवासीको संज्ञा पनि दिएकी छिन् । 

जे होस्, पछिल्लो समय त यसलाई औधी मन पराउनेहरु हुन् या किसान कोही पनि यसको उत्पत्तिबारे ध्यान दिँदैनन् । 



अमेरिकामा मानिस हुन् या पेरुका, इटालीका हुन् या चीनका सबैले आलु आफ्नै ठाउँमा पहिले उत्पादन भएको हो भनेर मान्छन् । 

जे होस्, आलु एउटा देशमा मात्र सिमित छैन र यसको कुनै भौगोलिक क्षेत्र पनि छैन । 

विश्वमा चामल, गहुँ, मकैपछि सबैभन्दा बढी आवश्यक भएको खानेकुरा चाहिँ आलु हो । गैरअनाजको रुपमा त यसलाई पहिलो नम्बरमा नै राखिन्छ । 

खासमा आलु यति लोकप्रिय हुनुको कारण भनेको यसको पौष्टिकता हो, खेती गर्न सहज हुनु पनि हो ।

पेरुको राजधानी लिमामा एक उपनगर रहेको छ, जहाँ हजारौँ किसिमका आलुका नमूना राखिएको छ ।

हुन पनि आलु यही लिमाभन्दा झन्डै एक हजार किलोमिटर टाढा दक्षिण पूर्वमा रहेको टिटिकाकामा सुरु भएको थियो । अनि यो अत्यन्त छिटो त्यहाँको समुदायको खाना बनेको थियो । 

आलुलाई फ्रिज गरेर राख्दा वा सुकाएर राख्दा केही वर्षसम्म नबिग्रिने भएकाले पनि यसको उपयोगिता झन्झन् बढ्न थाल्यो, यसलाई धेरैले रुचाउन थाले ।

सन् १५३२ मा स्पेनको आक्रमणमा आलु खेती खत्म हुन सकेन । स्पेनिसहरुले यसलाई एटलान्टिक पारीसम्म लिएर गए । उनीहरुले आलुसँगै गोलभेँडा र एभोकार्डो पनि लगेका थिए ।

इतिहासकारहरु यसलाई द ग्रेट कोलम्बियन एक्सचेन्ज पनि भन्ने गर्छन् । यही समयमा पहिलो पटक आलु अमेरिकाबाट बाहिर गयो । तर, मौसम नराम्रो भएकाले आलु एक दशकसम्म युरोपमा राम्रोसँग हुर्कन पाएन ।

सँगसँगै आयरल्यान्डमा चाहिँ आलुका लागि उचित मौसम थियो । त्यहाँ चिसो भए पनि हिउँ नपर्दा आलुलाई उम्रिन सजिलो भयो । अनि त त्यहाँका किसानको प्रमुख खेती नै आलु हुन थाल्यो ।

आलु त्यहाँका किसानलाई किन महत्वपूर्ण भयो भने यसले उनीहरुलाई जीवन सहज मात्र बनाउन सहयोग गरेन, यसका कारण उनीहरुले पौष्टिकता पाएको पनि आभास गर्न थाले ।

विस्तारै आयरल्यान्डका किसानहरुले जमीनलाई भाडामा लिएर पनि आलु खेती गर्न थाले । तर, अचानक यसको माग बढ्दै गएपछि त्यहाँ खेतीको भाडा महंगो बनाउन थालियो । 

समाजशास्त्री जेम्स ल्याङका अनुसार त्यति बेला प्रति एकड जमिन जति आलु हुन्थ्यो, अरु कुनै पनि खेती त्यहाँ हुँदैनथ्यो । अनि फेरि आलुलाई राख्न सहज पनि हुने थियो । त्यसैले किसानहरुले जतिसक्दो धेरै आलु खेती गर्न थाले ।

भिटामिन ए र भिटामिन डीलाई छाडेर आलुमा सबै प्रमुख भिटामिन तथा पोषक तत्व पाइन्छ । आलुको हरेक सय ग्राममा दुई ग्राम प्रोटिन पाइन्छ । यही कारणले पनि आलु मानिसहरुबीच अझ प्रचलित बन्दै गयो । 

कतिसम्म भयो भने १७ र १८ औं शताब्दिमा त एक एकड जमिनमा आलु खेती गरेर र एउटा गाइको दूध हुँदा ८ जनाको परिवारलाई वर्षभरी खान पुग्ने भयो । आयरल्यान्डमा अब विस्तारै अरु खेती हराउन थाल्यो र आलुले नै प्राथमिकता पाउन थाल्यो ।

अनि विस्तारै आलुको विस्तार हुन थाल्यो । सन् १६५० मा बल्ल आलु बेल्जियम, नेदरल्यान्ड्स तथा लक्जम्बर्गसम्म पुग्यो ।

सन् १८४० को दशकमा आलु रुससम्म पुग्यो ।

अनि यसको फाइदा अनेक कुरामा देख्न थालियो । सन् १७०० पछि फ्रेन्च सैनिकहरुले आलु अझ बढी खान थाले किनकि यसको सेवन गर्नेहरुको उचाइ अरुकोभन्दा बढी हुन थाल्यो ।

सन् १७०० देखि १९०० को बीचमा विश्वको जनसंख्या निकै बढ्यो र शहरीकरण पनि बढ्यो । यसको कारण नै आलुलाई मानिन्छ ।

सन् १८४५ देखि १८४९ सम्म आयरल्यान्डमा परेको भीषण अकालका कारण आलुको रफ्तारमा ब्रेक लाग्यो । यो खराब भएकाले र लन्डनको सरकारले यसलाई बेवास्ता गर्दा १० लाख मानिस मरे । त्यहाँबाट करिब १० लाख मानिस अमेरिका पलायन भएको र अन्य २० लाख अन्यत्र गएको मानिन्छ । 

जे होस्, केही वर्षमा नै आयरल्यान्डका बासिन्दा आधा भए । तीमध्ये केहीले आफू गएका ठाउँमा आलुलाई पनि लिएर गए । 

अहिले त आलुका १५१ प्रजाति जानिन्छ ।

अहिले चीनमा आलुको उत्पादनलाई निकै प्राथमिकता दिइएको छ ।

त्यसो त आलुलाई लिएर बेलाबेलामा पेरु र चिलीका नेताहरुबीच विवाद पनि भएको छ । उनीहरु बारम्बार आफ्नो देशमा नै पहिलो पटक आलु खेती गरिएको दाबी गरिरहेका छन् । सन् २००८ मा चिलीका एक मन्त्रीले आलुको अधिकांश प्रकार आफ्नै देशबाट सुरु भएको बताएका थिए ।

जे होस्, आलुको कथा लामो छ । यसको स्वास्थ्यका लागि फाइदा पनि राम्रै छ । अनि त हामीले पनि आजभोलि तरकारीमा स्वाद मानिमानि आलु छुटाउन सक्दैनौँ ।

  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार ६:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया