पीडित किशोरीको पक्षमा ऋचा : भनिन्- नाबालिगको संरक्षण गर्नु कानुनको सम्मान हो
फाइल तस्बिर

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । तर, पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन् । 

आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका हुन् । मंगलबार अभिनेत्री रेखा थापापछि अर्की अभिनेत्री ऋचा शर्माले पनि पीडित बालिकाको समर्थनमा पक्षमा उभिएकी छन् । उनले नाबालिगको संरक्षण गर्नु कानुनको सम्मान रहेको बताएकी छन् । 

‘मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ ऋचाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छन् ।   






  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १२:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया