२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

व्याख्यात्मक घोषणा केही होइन भन्नु अज्ञानीहरूको कुरा मात्र हो : माधव नेपाल
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले व्याख्यात्मक घोषणा केही होइन भनेर अज्ञानीहरूले मात्र भनेको बताएका छन् । एमसिसी सम्झौता अनुमोदन हुँदा भएको व्याख्यात्मक घोषणामाथि भ्रम फैलाउन खोजिएको नेपालको बुझाइ छ । 


एमाले अध्यक्ष केपी शर्मा ओली एमसिसीमाथिको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएपछि नेपालको यस्तो प्रतिक्रिया आएको हो ।



एमसिसी अनुमोदन भइसकेपछिको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ती भ्रमहरूलाई व्याख्यात्मक घोषणाले चिरेको बताए । 

‘विभिन्न खालका भ्रम र व्याख्यामा देखिएको अन्यौलता सबै चिजलाई प्रष्ट पार्नका लागि हामीले उपायको खोजी गर्यौं ।’ नेपालले भने, ‘कसै कसैले भनेको जस्तो केही पनि होइन भनेर ब्याख्या गर्न खोजिएको छ । अन्तर्राष्ट्रिय कृतिसम्बन्धी ज्ञान नभएका अज्ञानीहरूको कुरा मात्र हो ।’



नेपालले एमाले अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन् ।​
 



  • प्रकाशित मिति : १७ फागुन, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया