युक्रेनको खार्किभमा एक भारतीय विद्यार्थीको मृत्यु
फाइल तस्वीर

भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सो जानकारी दिएका हुन् ।

उनले ट्विटमा लेखेका छन्– 'गहिरो दुःखका साथ खार्किभमा भएको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गर्दैछौँ ।' 

मन्त्रालयले परिवारका सदस्यहरूसँग सम्पर्कमा रहेको र परिवारप्रति समवेदना प्रकट गरेको उनले बताए ।

अरिन्दम बागचीले ट्वीटमा विदेश सचिवले रूस र युक्रेनका राजदूतहरूसँग कुरा गरिरहेको र भारतीय नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्नुपर्ने भारतको माग दोहोर्‍याइरहेको लेखेका छन् । 

जो खार्किव र अन्य द्वन्द्वग्रस्त क्षेत्रमा अवस्थित छन् । यससँगै युक्रेन र रूसका भारतीय राजदूतहरूले पनि आफ्नो माग दोहोर्‍याइरहेका छन् ।





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १५:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया