स्थानीय निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्छ : महन्थ ठाकुर
फरकधार / १७ फागुन, २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् । 



मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले स्थानीय निर्वाचनमा केही सिटमा एमालेसँग गठबन्धन हुन सक्ने बताए ।

‘एमालेसँग हाम्रो त्यस्तो कुनै असन्तुष्टि छैन् । आउँदो स्थानीय तहको निर्वाचनमा छलफल हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा नभएपनि लोकल स्तरमा गठबन्धन गर्न सकिन्छ । अहिले भने हाम्रो कससँग कुनै गठबन्धन छैन् । अहिले हल्ला मात्रै हो पछि हुन पनि सक्छ । कतिपय सिटहरूमा गठबन्धन हुन सक्छ तर अहिले नै त्यो कुरा भन्न सकिँदैन । यस विषयमा हालसम्म कुनै छलफल भएको छैन् ।’ 



अध्यक्ष ठाकुरलाई स्वागत गर्न लोसपाका नेता तथा कार्यकर्ताहरू जनकपुरधाम विमानस्थल पुगेका थिए ।



  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १६:२१:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया