एमसिसी पारितपछि असन्तुष्ट नारायणकाजी भेट्न प्रचण्ड पुगे हात्तीवन
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई मनाउन उनको निवास हात्तीवन पुगेका छन् ।

पार्टीको निर्णयप्रति असन्तुष्ट देखिएका श्रेष्ठलाई भेट्न प्रचण्ड मंगलबार दिउँसो श्रेष्ठ निवास ललितपुरको हात्तीवन पुगेका हुन् । उनीहरूबीच भेटवार्ता भइहरेको स्रोतको भनाइ छ ।

एमसिसी सम्झौता संसद्‌बाट पारित गर्ने पार्टी निर्णयलाई लिएर माओवादी केन्द्रभित्र विवाद देखिएको छ । संसदबाट एमसिसी पारित भएपछि नेता श्रेष्ठ पक्षका नेताहरू असन्तुष्ट देखिएका छन् ।

माओवादीकै सहयोगमा संसदबाट एमसिसी पारित भएपछि श्रेष्ठले त्यो दिनलाई ‘कालो दिन’ नै घोषणा गरेका थिए । सत्ता गठबन्धन जोगाउने अन्तिम अस्त्रको रूपमा प्रचण्डले प्रयोग गरेको ‘व्याख्यात्मक घोषणा’लाई श्रेष्ठले सुनियोजित भ्रमका रूपमा व्याख्या गरेका छन् ।

यता प्रचण्डले पनि एमसिसी सम्बन्ध सोमबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठलाई लक्षित गर्दै पार्टी छाड्ने मन भए नरोक्ने मनसायको अभिव्यक्ति दिएका थिए ।

एमसिसी अनुमोदन भएपछि माओवादीमा मतभेद, कसरी हुँदैछ समाधानको प्रयास ?





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १७:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया