प्रचण्ड–नारायणकाजी आज पनि छलफल गर्ने, नारायणकाजीले प्रचण्डलाई भने– छाडेर जा भनेको होइन ?

अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन भएपछि विवादमा पुगेको नेकपा माओवादी केन्द्रभित्रको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ । एमसिसी अनुमोदनको विषयमा असन्तुष्टि देखाएका पार्टी नेता नारायणकाजी श्रेष्ठ र उनको समूह माओवादी केन्द्रबाट अलग हुनसक्ने सम्भावना बढेको छ ।

पार्टी फुटको संघारमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार नारायणकाजी श्रेष्ठ निवास हात्तिवनमा पुगेका थिए । 

त्यहाँ उनले पार्टी एकता जोगाउनु पर्ने धारणा राखेको माओवादीका एक नेताले फरकधारलाई बताए । तर, नारायणकाजीले त्यो भेटमा प्रचण्डलाई भनेका थिए, ‘तपाईंले नै छाडेर जाने भए जा भनेको होइन ?’

मंगलबारको यो बैठकमा यी दुई नेताबीच कुरा नमिलेपछि आज पनि उनीहरुबीच भेटवार्ता हुने तय भएको माओवादी केन्द्रका ती नेताले बताए । 

माओवादी केन्द्रको २० फागुनबाट केन्द्रीय कमिटी बैठक सुरु गर्दैछ । प्रचण्डले उक्त बैठकमा आफ्ना कुरा राख्न श्रेष्ठलाई अनुरोध गरेका छन् । तर, श्रेष्ठ समूहले पार्टीमा प्रचण्डले एकलौटी गरेको भन्दै आफूहरु अलग हुनसक्ने चेतावनी दिन थालिसकेको छ ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ८:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया