एप्पलले रुसमा आफ्नो उत्पादन बिक्रीमा लगायो प्रतिबन्ध

प्रविधि कम्पनी एप्पलले रुसमा आफ्नो उत्पादन बिक्री गर्न प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै एप्पलले यस्तो निर्णय लिएको हो । 

योसँगै रुसमा एप्पल पे र एप्पल नक्सा जस्ता सेवाहरू पनि सीमित गरिएको छ । एप्पल युक्रेनमा भएको आक्रमणका कारण यो निर्णय लिने सबैभन्दा ठूलो कम्पनी हो ।

समाचार एजेन्सी आरआईएका अनुसार रुसको भिटीबी बैंक जस्ता एप अब एप्पलको आईओएस अपरेटिङ सिस्टममा रुसी भाषामा चल्न पाउने छैनन् ।

एप्पलबाहेक ऊर्जा कम्पनी एक्सोनमोबिलले पनि आफ्नो संचालन र रुसमा लगानी बन्द गर्ने घोषणा गरेको छ । आईफोन निर्माताले पनि रुसी आक्रमणबाट गहिरो चिन्ता व्यक्त गर्दै युक्रेनको समर्थन गर्ने बताइसेका छन् ।   

 
 





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ८:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया