काठमाडौंसहित पाँच जिल्लामा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन, बारा, दाङ र दार्चुलामा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । 

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा बा.६४ प १३९६ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा दईजनाको मृत्यु भएको छ । मत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री ओखलढुंगा हर्कपुर गाउँपालिका घर भएका ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गा बहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

चितवनको भरतपुर महानगरपालिका–१३ गंगानगरमा बागमती प्रदेश ०३–००१ ह १३२५ नम्बरको अटो मंगलबार साँझ आफैँ पछाडी गुड्दा किचिएर एक जना १८ महिनो बालकको मृत्यु भएको छ । 

बाराको कोल्हबी नगरपालिका–६ अधन्वामा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८५ वर्षीया भोलिया देवी थरुनी रहेकी छन् । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको सूर्य अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



दाङको घोराही उपमहानगरपालिका–१७ उखुबारीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बुधबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१५ थारुगल्ली बस्ने १८ वर्षीय अजय चौधरी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । 

दाङकै गढवा गाउँपालिका–२ महादेवा पुलमा लु.२ च ७६८२ नम्बरको कार र रा.४ प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार राति ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–६ सगरापुर बस्ने १० वर्षीया सन्धाय चौधरी छिन् । 



दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । दार्चुलाको व्याँस गाउँपालिका–४ मा से.२ त १७९९ नम्बरको ट्रली नजोडेको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङ चिर बित्थड गाउँपालिका–२ बस्ने २३ वर्षीय वीरेन्द्र खड्का छन् । ट्याक्टरले च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको हो ।

  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १४:१६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया