युक्रेनको दोस्रो ठूलो सहर खार्किभका मेयरका अनुसार रुसले गरेको आक्रमणमा परेर २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
यद्यपि, खार्किभ क्षेत्रीय राज्य प्रशासनका गभर्नरले मंगलबार र रातभर खार्किभमा भारी बमबारी भए पनि सबै रूसी आक्रमणलाई विफल पारिएको र पछि हटाइएको बताए । 'रूसी शत्रुहरूले ठूलो क्षति बेहोरेका छन्,' गभर्नर ओलेग सिनेगुबोभले भने ।
खार्किभमा जेट विमानबाट बम प्रहार गर्दा रुसी सेनाहरू सहरको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा प्रवेश गरेको विश्वास गरिन्छ ।
युक्रेनको खार्किभ सहरमा रहेको प्रहरी विभागको भवनमा रकेट प्रहार भएको हो । युक्रेनी सरकारको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा एउटा भवनमा आगो लागेको देखाइएको छ ।
युक्रेनको आन्तरिक मन्त्रालयका सल्लाहकार एन्टोन गेरास्चेन्कोले आक्रमणपछि कराजदिन राष्ट्रिय विश्वविद्यालयको भवनमा आगलागी भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।