दाङमा कार र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१५ का १८ वर्षीय अजय चौधरी रहेका छन्  । 

धारापानी मेला हेर्न गएका चौधरी कर्जाहीमा आएर अटो चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

ठक्करपछि  शंकास्पद मोटरसाकइल, अटो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै मंगलबार राति देउखुरीमा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका–७ आनन्दपुरका १० वर्षीया सन्ध्या चौधरी रहेका प्रहरीले जनाएको छ । 

मृतक चौधरी र अन्य दुई जना मंगलबार राति साढे दश बजेका समयमा रा३प ३४६१ नंको मोटरसाइकलमा सवार रहेका थिए । 



गोबरडिहा शिवरात्रिको मेला हेर्न जान लागेका उनीहरु सवार रहेको मोटरसाइकल गढवा गाउँपालिका–२ महदेवा पुल नजिक विपरीत दिशाबाट आइरहेको लु२च ७६८२ नंको कारसँग ठोक्किएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको लमहीमा उपचारका क्रममा गएराति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।  



दुर्घटनामा परी राप्ती गाउँपालिका–४ सगरापुरका मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय जयराम चौधरी, सोही ठाउँ निवासी बेदकुमारी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १४:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया