प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेका छन् ।
प्रधानमन्त्री देउवासँग अध्यक्षद्वय प्रचण्ड नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न बुधबार दिउँसो प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि उनीहरूबीच पहिलो पटक भेट भएको हो । एमसिसी आइतबार संसदबाट पारित भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पहिला प्रचण्ड र त्यसपछि नेपालले प्रधानमन्त्रीलाई भेटका थिए । उनीहरूबीच समसामयिक विषयमा सामान्य छलफल भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।