इन्टर्नसिपको माग गर्दै माइतीघरमा एमबिबिएस विद्यार्थीको हड्ताल र धर्ना

कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/२०१६ ब्याचका एमबिबिएस अध्ययनरत विद्यार्थी इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनस्वरूप उनीहरूले बुधबार माइतीघर मण्डलामा भोक हड्ताल र शान्तिपूर्ण धर्ना दिएका छन् । विद्यार्थीले सोमबार र मंगलबार नेपाल मेडिकल काउन्सिलको प्राङ्गणमा हड्ताल र शान्तिपूर्ण धर्ना दिएका थिए । 

गत १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । 

तर, निर्णय भएको महिनौँ बितिसक्दा पनि चिकित्सा शिक्षा आयोगको लापरवाही र ढिलासुस्तीले गर्दा उक्त निर्णय कार्यान्वयन गर्न नभएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरूले इन्टर्नसिपको व्यवस्था कार्यान्वयनमा नआउँदा सम्म आफूहरूको आन्दोलन जारी रहने जनाएका छन् । २०१५/२०१६ ब्याचका विद्यार्थीको इन्टर्नसिप सम्बन्धित चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलको दिशा निर्देशनअनुसार ढिलासुस्ती नगरी उचित समय अवधि (बढीमा १८ महिना) हुने गरी व्यवस्थापन कार्यान्वयन गर्न सरकारसमक्ष अनुरोध समेत गरेका छन् । 





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १८:५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया