राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा विद्यार्थीले गरे तोडफोड

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । नियमित परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीले तोडफोड गरेका हुन् ।

बुधबार दिउँसो परीक्षा दिन पुगेका बिबिए प्रथम वर्षका पहिलो सेमेस्टरका विद्यार्थीले बिनासूचना आफूहरूको परीक्षा सारिएको भन्दै उनीहरूले विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।

विश्वविद्यालयले पटक/पटक सूचना निकालेर परीक्षा नलिएपछि आफूहरूले आक्रोशित भएर तोडफोड गरेको विद्यार्थी आनन्दकुमार सहनीले बताए ।

६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफूहरूले दिन नपाएको भन्दै उनले बुधबार बिहान ११ बजे परीक्षा दिन कलेज पुग्दा परीक्षा स्थगित भएको सूचना टाँस गरेको आफूहरूले देखेको बताए । आफूहरूले आक्रोशमा आएर तोडफोड गरेको उनले सुनाए ।

उनीहरूले कार्यालयभित्र रहेका फर्निचरका सरसामान, कम्प्युटर तथा विभिन्न उपकरणहरू तोडफोड गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार १८ फागुनमा हुने भनिएको परीक्षा सबै विद्यार्थीको इन्टरनल असेसमेन्ट समयमै नबुझाइएकोले विश्वविद्यालयद्वारा स्थगित गरिएको भन्दै आक्रोशित विद्यार्थीहरू तोडफोडमा उत्रेको विश्वविद्यालयका कर्मचारी ओमप्रकाश मण्डलले जानकारी दिए ।



विश्वविद्यालय कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले आदर्श मण्डल, सोनु साह, सन्तोष यादवलगायत चार जना विद्यार्थीलाई पक्राउ गरेको थियो । करिब चार घण्टापछि उनीहरूलाई रिहा गरिएको छ ।



  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार २०:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया