नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले वर्तमान सत्ता गठबन्धन युगयुगसम्म सँगै जान नसक्ने बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता रिजालले गठबन्धन केही निश्चित उद्देश्यले गरिएकाले निर्वाचनसम्म निरन्तरता नपाउने बताए ।
त्यस्तै, उनले एमसिसीमा व्याख्यात्मक टिप्पणीले कुनै महत्व नराख्ने बताए । एमसिसीबारे नबुझ्नेलाई बुझाउन र केही नेताको इज्जत जोगाउनका लागि व्याख्यात्मक टिप्पणी ल्याइएको र एमसिसी कम्प्याक्टमा कुनै परिमार्जन नहुने बताएका हुन् ।
उनले एमसिसीबारे अनावश्यक विवाद र विचार आएकाले यसबारे स्पष्ट पारिएको र कम्प्याक्ट भएकै कुरा व्याख्यात्मक टिप्पणीमा रहेको जानकारी गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।