एभरेष्ट प्रिमियर लिग: भैरहवालाई पहिलो हार, काठमाडौंको तेस्रो जित

काठमाडौं– किर्तिपुरको त्रिवि किक्रेट मैदानमा जारि एभरेष्ट प्रिमियर लिगमा शनिबार भएको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेनले भैरहवा ग्लाडिएटरलाई ७ विकेटले पराजित गरेको छ । काठमाडौंको यो चार खेलमा तेस्रो जित हो भने चारवटै खेल खेलेको भैरहवा पहिलोपटक पराजित भएको छ । 

टस हारेर ब्याटिङ रोजेको भैरहवाले ४ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । काठमाडौंले ५ बल बाँकी छँदा ३ विकेट गुमाएर १ सय ५० रनको लक्ष्य भेट्टायो । 
काठमाडौंको सानदार ओपनिङ नै जितको लागि आधार बन्यो । पहिलो विकेटको रुपमा काठमाडौंले रोहन मुस्तफालाई गुमाउँदा स्कोरबोर्डमा ६८ रन थियो । आठौं ओभरमा अन्तिमबलमा रोहन मुस्तफा व्यक्तिगत ३६ रनमा आउट भए । 

यस्तै काठमाडौंले १५ औं ओभरमा १ सय १२ रनमा अमित श्रेष्ठलाई गुमाएको थियो । श्रेष्ठ व्यक्तिगत ५१ रनमा रनआउट भएका थिए । काठमाडौंका सागर पुनले १३ तथा केभिन ओ ब्रायनले नटआउट ३३ र नरेश बुढायरले ४ रनको योगदान गरे । 

भैरहवाका सरद भेसवाकर तथा भुवन कार्कीले समान १–१ विकेट लिएका थिए । 

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाका लागि रविइन्दर सिंहले महत्वपुर्ण इनिङ खेले । ६१ बलमा ६ चौका र ४ छक्का हानेका उनले ८६ रन जोडेका उनी जितको लागि आवस्यक रन भने जोड्न सकेनन् । 

यस्तै भैरहवाका लागि कप्तान सरद भेसवाकरले ३९ तथा रायन टेन डोस्काटेले १२ रन जोड्नु बाहेक अन्य ब्याट्समेनले रन जोड्न नसक्दा भैरहवाले मध्यम स्कोर बनाएको थियो । 



भैरहवाको ४ विकेट लिने क्रममा काठमाडौंका जितेन्द्र मुखियाले २ तथा केभिन ओ ब्रायन र प्रदिप साहुले समान १ विकेट लिएका थिए । 
 



  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १२:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया